वस्तुगत वहुवैकल्पिक प्रश्न(३०×२ अंक)
वस्तुगत वहुवैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन
र अंक पनि कट्टा गरिने छैन ।
1. Package Deal अन्तर्गत दिएका मध्ये कुन देश पर्दैन ?
A
अष्ट्रेलिया
B
नेपाल
C
पोर्चुगल
D
पाकिस्तान
2. UNO को सदस्यता प्राप्त गर्दा नेपाल सँगै सार्क राष्ट्रको अर्को कुन देशले पनि पायो ?
A पाकिस्तान
B भारत
C भुटान
D श्रीलंका
3. UNO लाई अर्को कुन नामले पनि चिनिन्छ ?
A Guardian Organization
B विश्व नगरसभा
C City Assembly
D दिएका सबै
4. कुन देशका कारण इण्डोनेशियाले UNO को सदस्यता त्यागेको थियो ?
A लाओस
B श्रीलंका
C मलेशिया
D नेपाल
5. संयुक्त राष्ट्र संघले पछि मान्यता पाएको भाषा कुन हो ?
A स्पेनिस
B रसियन
C अरबि
D चाइनिज
6. हाल UNO को विशिष्टकृत संस्था को संख्या कति रहेको छ ?
A १४
B १६
C १७
D १५
7. जापानले UNO को कति प्रतिशत खर्च वेहोर्छ ?
A १८ प्रतिशत
B २० प्रतिशत
C ७.१ प्रतिशत
D २० प्रतिशत
8. UNO ले सन् १९७५ लाई कुन वर्षको रुपमा मनायो ?
A नारी वर्ष
B पर्यटन वर्ष
C अफ्रिका वर्ष
D पुस्तक वर्ष
9. UNO को स्थापना गर्न कतिवटा वैठक बसेका थिए ?
A ९
B १०
C ८
D १२
10. संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
A अन्तराष्ट्रिय न्यायालय
B सचिवालय
C सुरक्षा परिषद्
D महासभा
11. विश्व हुलाक संघ(UPU) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A पेरिस, फ्रान्स
B जेभेना, स्वीटजरल्याण्ड
C वर्न, स्वीटजरल्याण्ड
D भियना, अष्ट्रिया
12. विश्व वैंकको स्थापना कहिले भएको हो ?
A सन् १९४३ डिसेम्बर २७
B सन् १९४५ डिसेम्बर २७
C सन् १९४६ डिसेम्बर २७
D सन् १९४२ डिसेम्बर २७
13. राष्ट्र संघ(League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?
A २५
B ५
C २७
D १०
14. अरबि भाषालाई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रुपमा मान्यता दिएको हो भने सुरक्षा परिषद् ले कहिले मान्यता दिएको हो ?
A सन् १९९५
B सन् १९८३
C सन् १९९४
D सन् १९८२
15. सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र रुसले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?
A प्यालेस्टाइनमा शान्ति स्थापनाको निर्णय
B कोरियाली युद्ध रोक्ने निर्णय
C भारत र पाकिस्तान बिच यद्धविरामको निर्णय
D इजिप्टबाट Anglo French सैनिक हटाउने निर्णय
16. संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?
A सुरक्षा परिषद्
B महासभा
C अन्तराष्ट्रिय न्यायालय
D सचिवालय
17. UNO मानव अधिकार पुरस्कारको थस्थापना कहिले भएको हो ?
A सन् १९९९
B सन् १९६६
C सन् १९८८
D सन १९७७
18. सदस्य राष्ट्रले संयुक्त राष्ट्र संघलाई बुझाउनु पर्ने रकम कति वर्ष सम्म नबुझाए मतदानमा भाग लिन पाउदैनन् ?
A ३ वर्ष
B १ वर्ष
C ४ वर्ष
D २ वर्ष
19. IAEA(अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी) को स्थापना कहिले भएको थियो ?
A सन् १९६७
B सन् १९६८
C सन् १९५८
D सन् १९५७
20. UNO को सदस्यता त्याग गरी पुन सदस्यता प्राप्त गर्ने मुलुक कुन हो ?
A माल्दिभ्स
B जापान
C पाकिस्तान
D इण्डोनेशिया
21. विश्व पर्यटन संगठन(UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A जनेभा, स्वीटजरल्याण्ड
B म्याड्रिड, स्पेन
C पेरिस, फ्रान्स
D भियाना, अष्ट्रिया
22. अन्तराष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ?
A सन् १९१०
B सन् १९२०
C सन १९१९
D सन् १९११
23. खाद्य तथा कृषि संगठन(FAO) को स्थापना कहिले भएको हो ?
A सन् १९४६
B सन् १९४५
C सन् १९५७
D सन् १९५६
24. नेपालले संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन(UNIDO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
A सन् १९८३ डिसेम्वर ९
B सन् १९८४ डिसेम्वर ९
C सन् १९८२ डिसेम्वर ९
D सन् १९८१ डिसेम्वर ९
25. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कहिले पारित भएको थियो ?
A २००५ अक्टोवर ३१
B २००३ अक्टोवर ३१
C २००४ अक्टोवर ३१
D २००६ अक्टोवर ३१
26. संयुक्त राष्ट्रसंघको कुन अंगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरेको थियो ?
A अन्तराष्ट्रिय न्यायालय
B आर्थिक तथा सामाजिक परिषद्
C महासभा
D सचिवालय
27. कोप सम्मेलन र सम्मेलन सम्पन्न स्थान बिच जोडा मिलाउनुहोस्
1) Cop 23 a) जर्मनी
2) Cop 24 b) पोल्याण्ड
3) Cop 25 c) स्कटल्याण्ड
4) Cop 26 d) स्पेन
A 1a, 2b, 3c, 4d
B 1a, 2b, 3d, 4c
C 1a, 2c, 3d, 4b
D 1a, 2c, 3b, 4d
28. नेपालले UN को सदस्यता लिँदा नेपाल बाहेक कति देशले सदस्यता लिएका थिए ? (थोरै दिमाग लगाउनुस् है)
A १६ देश
B १३ देश
C १४ देश
D १५ देश
29. विश्व खाद्य कार्यक्रम (World Food Program) को स्थापना कहिले भएको थियो ?
A सन् १९६२
B सन् १९६४
C सन् १९६३
D सन् १९६१
30. दिइएको कथनमा कुन सही छ छान्नहोस्
१) UNO सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र अमेरिका, वेलायत, चिन, फ्रान्स र रुस हो ।
२) UNO सुरक्षा परिषद् मा सन् २०२३ देखि २०२४ सम्मको लागि छनोट भएको अस्थायी सदस्य राष्ट्र मोजाम्विक, जापान, माल्टा, स्वीजरल्याण्ड र इक्वेडर हो
३) UNO सुरक्षा परिषद् मा सन् २०२४ देखि २०२५ सम्मको लागि छनोट भएको अस्थायी राष्ट्र Slovenia, Republic of Korea, Guyana, Algeria, Sierra Leone हो
A १, २ ठिक तर ३ वेठिक
B १ ठिक तर २ र ३ वेठिक
C १, २ र ३ सबै बेठिक
D १, २ र ३ ठिक