वस्तुगत वहुवैकल्पिक प्रश्न(५०×२ अंक)


वस्तुगत वहुवैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अंक पनि कट्टा गरिने छैन ।


सौर्यमण्डल/ब्रह्माण्ड टपिकको तयारी गर्दा ग्रहहरुको विशेषता, ग्रहहरुको उपग्रहको संख्या, ग्रहरुको व्यास, सूर्यलाई परिक्रमा गर्दा लाग्ने समय त्यसैगरी परिभ्रमण, आफ्नो अक्ष भ्रमणमा लाग्ने समय लाई बढी प्राथमिकता दिनुहोला । लोकसेवा लगायत अन्य परिक्षामा यही sub-topic बाट बढि प्रश्न सोधिन्छ


1. डिमोस र फोवोस कुन ग्रहको उपग्रहहरु हुन् ?
A   वृहस्पति
B   अरुण
C   शनि
D   मंगल

2. हाम्रो सौर्यमण्डलको अनुसार पुड्के ग्रहहरुको संख्या कति रहेको छ ?
A   7
B   5
C   6
D   4

3. सुर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरुको क्रम तलका मध्ये कुन सही छ
A   बुध पृथ्वी शुक्र मंगल
B   बुध शुक्र पृथ्वी मंगल
C   बुध पृथ्वी मंगल शुक्र
D   बुध मंगल पृथ्वी शुक्र

4. पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो कुन देशका नागरिक हुन् ?
A   पोल्याण्ड
B   फ्रान्स
C   रुस
D   अमेरिका

5. सबैभन्दा सानो उपग्रह कुन हो ?
A   लिडा
B   चन्द्रमा
C   डिमोस
D   फोबोस

6. विहानको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   बरुण
B   शनि
C   वुध
D   शुक्र

7. साँझको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   बुध
B   बरुण
C   शनि
D   शुक्र

8. चुम्बकिय क्षेत्र नभएको ग्रह कुन हो ?
A   शुक्र
B   बुध
C   पृथ्वी
D   शनि

9. असफल ताराको रुपमा चिनिने ग्रह कुन हो ?
A   बरुण
B   वृहस्पति
C   शनि
D   अरुण

10. घेरायुक्त ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   शनि
B   बरुण
C   वृहस्पति
D   अरुण

11. पानीमा उत्रने ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   शनि
B   शुक्र
C   वृहस्पति
D   बुध

12. ओजन तह तलका मध्ये कुन तहमा पाइन्छ ?
A   तापिय मण्डल
B   मध्यमण्ड
C   निम्नमण्डल
D   समताप मण्डल

13. सूर्यको घनत्व पृथ्वी भन्दा कति गुणा बढी छ ?
A   १५० गुणा
B   १७० गुणा
C   १४० गुणा
D   १६० गुणा

14. पृथ्वीको औषत तापक्रम कति छ ?
A   १४ डिग्री सेल्सियस
B   १५ डिग्री सेल्सियस
C   १७ डिग्री सेल्सियस
D   १६ डिग्री सेल्सियस

15. अधिक वर्ष पत्ता लगाउने को हुन् ?
A   जुलियस सिजर
B   एडमण्ड हेली
C   C.W Tomwalk
D   जोहान्स केपलर

16. सुर्यको सबैभन्दा नजिकको ग्रह कुन हो ?
A   पृथ्वी
B   बुध
C   शुक्र
D   मंगल

17. बढी घनत्व भएको ग्रह कुन हो ?
A   पृथ्वी
B   शनि
C   बुध
D   वृहस्पति

18. युद्ध देवता भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   बुध
B   अरुण
C   शुक्र
D   मंगल

19. Sister and twin planet of earth भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   बुध
B   शुक्र
C   मंगल
D   शनि

20. Goddes of lvoe and beauty भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   शु्क्र
B   बुध
C   शनि
D   पृथ्वी

21. Bringer of light भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   वृहस्पति
B   शनि
C   शुक्र
D   बुध

22. Brightest Planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   बुध
B   शुक्र
C   वृहस्पति
D   शनि

23. हाल पुड्का ग्रहहरुको संख्या कति रहेको छ ?
A   ४
B   ६
C   ७
D   ५

24. मंगल ग्रहमा नपठाइएको तलका मध्ये कुन यान हो ?
A   क्युरोसिटी
B   माभेन
C   मेरिनर २
D   मासरोवर

25. सुर्यको प्रकाश कति गहिराई सम्म जान सक्छ
A   ४०० फिट
B   ६०० फिट
C   ३०० फिट
D   ७०० फिट

26. सुर्य र आकाशगंगा विचको दुरी कति छ ?
A   ४० हजार प्रकाश वर्ष
B   २० हजार प्रकाश वर्ष
C   ३० हजार प्रकाश वर्ष
D   ५० हजार प्रकाश वर्ष

27. सुर्यबाट निस्कने विकिरणको कति प्रतिशत प्रकाश संश्लेषण द्धारा विरुवाले सोस्छ ?
A   0.25 प्रतिशत
B   0.15 प्रतिशत
C   0.35 प्रतिशत
D   0.50 प्रतिशत

28. सौर्य आकाशगंगाको तारापुञ्जिय केन्द्र(Galastic Center) बाट कति टाढा रहेको छ ?
A   ३० हजार प्रकाश वर्ष
B   १० हजार प्रकाश वर्ष
C   २० हजार प्रकाश वर्ष
D   ४० हजार प्रकाश वर्ष

29. शनि ग्रहको उपग्रह टाइटन सम्बन्धी तथ्य कसले पत्ता लगाएका हुन् ?
A   विलियम हर्सेल
B   एडमण्ड हेली
C   क्रिश्चियन हुजेन
D   ग्यालिलि ग्यालिलियो

30. ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
A   Milky Way
B   Cosmology
C   Gilaxy
D   Cosmos

31. अन्तरिक्षको खोज र अनुसन्धानमा सबैभन्दा बढी लागेको राष्ट्र कुन हो ?
A   अमेरिका
B   जापान
C   चिन
D   रुस

32. सूर्यको सतहको मध्य भागमा देखिने एक प्रकारको धब्बालाई के भनिन्छ ?
A   प्रेरिज
B   पम्पास
C   विरल छाँया
D   सघन छाँया

33. सातौ ठुलो ग्रह कुन हो ?
A   अरुण
B   पृथ्वी
C   बरुण
D   मंगल

34. पृथ्वीको मध्यमण्डल कुन कुन धातुबाट बनेको छ ?
A   सिलिका र फेरियम
B   सिलिका र म्याग्नेसियम
C   सिलिका र आल्मुनियम
D   निकेल र केरियम

35. पृथ्वीको भन्दा सुर्यको आकर्षण शक्ति कति गुणा बढि छ ?
A   २८
B   २२
C   ३०
D   २०

36. सुर्यलाई हेर्न सकिने यन्त्र कुन हो ?
A   दुरविन
B   हेलिस्कोप
C   टेलिस्कोप
D   शुक्ष्मदर्शक यन्त्र

37. चन्द्रमामा भएको खाल्डाहरुलाई के भनिन्छ ?
A   सेक्टर
B   फ्याक्टर
C   रेक्टर
D   क्रेटर

38. चन्द्रमाको व्यास कति छ ?
A   4960 km
B   6742 km
C   3460 km
D   12672 km

39. हरेक कति वर्षमा सूर्यको चुम्बकिय क्षेत्र उल्टिने गर्दछ ?
A   10
B   11
C   13
D   12

40. आकाशीय पिण्ड टुक्रिई बनेका टुक्राहरु वायूमण्डलमा प्रवेश गर्दा घर्षण भई चम्किने पदार्थलाई के भनिन्छ ?
A   शिशु्ग्रह
B   उल्कापिण्ड
C   पुच्छ्रेतारा
D   धुम्रकेतु

41. पृथ्वीको कुन क्षेत्रमा दिन र रात बराबर हुन्छ ?
A   उत्तरी गोलार्द्ध
B   मकर रेखा
C   दक्षिणी गोलार्द्ध
D   भूमध्यरेखा

42. सौर्य प्रणालीको सबैभन्दा सानो उपग्रह कुन हो ?
A   लिडा
B   टिटो
C   डिमोस
D   टिटानियम

43. सुर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?
A   Umbra
B   Shell
C   Dell
D   Penumbra

44. उर्सा मेजर, उस माइनर र ओरिओन ..........का उदाहरण हुन् ।
A   उपग्रह
B   तारामण्डल
C   उल्कापिण्ड
D   पुड्का ग्रह

45. टेम्पल टुटल धुम्रकेतु सर्वप्रथम कहिले देखिएको थियो ?
A   सन् 1997
B   सन् 1996
C   सन् 1998
D   सन् 1999

46. सौर्यमण्डलमा सुर्य र चन्द्रमा पछिको चम्किलो ग्रह कुन हो ?
A   शनि
B   वृहस्पति
C   शुक्र
D   बुध

47. ग्रहहरुको सुचि दिइउको छ । आकारका आधारमा उपयुक्त क्रममा लेख्नुहोस् । (सानो देखि ठुलो क्रम)
१. बरुण   २. शुक्र   ३. पृथ्वी   ४.अरुण
A   2, 3, 4, 1
B   4, 1, 3, 2
C   2, 3, 1, 4
D   3, 2, 1, 4

48. पृथ्वीको मौसम र हावापानीको अध्ययन गर्ने विज्ञान शास्त्रलाई के भनिन्छ ?
A   Cosmology
B   Atmoslogy
C   Climatelogy
D   Meteorology

49. सूर्यको किरणको तापिय तिब्रता निश्चित गर्ने उपकरणलाई के भनिन्छ ?
A   हेलिस्कोप
B   फोटोमिटर
C   एक्टिमोमिटर
D   पारहेलियोमिटर

50. शिशु ग्रहहरु कुन कुन ग्रहको विचमा भएर सूर्यको परिक्रमा गर्छन् ?
A   वृहस्पति र शनि
B   बुध र शुक्र
C   पृथ्वी र मंगल
D   मंगल र वृहस्पति